रावलको प्रश्न: मदन भण्डारीको आत्माले राष्ट्रपतिलाई के भन्दो होला ? - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

रावलको प्रश्न: मदन भण्डारीको आत्माले राष्ट्रपतिलाई के भन्दो होला ?



धनगढी- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रिपति विद्यादेवी भण्डारीले आफ्नो पदको चरम दुरुपयोग गरेको बताएका छन् । उनले राष्ट्रपति कार्यालयमा ६ घण्टा कुर्नु परेको बताउँदै नमिठो अनुभव सुनाए।

आइतबार धनगढीमा नेकपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता रावलले राष्ट्रपति र प्रधानमन्त्रीले पार्टी, संविधान र देशलाई नै ध्वस्त पारेको आरोप समेत लगाए ।

कार्यक्रममा उनले भने, ‘शीतल निवासमा बस्ने राष्ट्रपतिले ८३ जना सासंदको हस्ताक्षर लिएर समावेदन दर्ता गर्न जाँदा ६ घण्टा कुर्दा पनि दर्ता भएन र त्यसको कुनै कुनै सुनुवाइ भएन । यदि कहीँ मदन भण्डारीको आत्मा भए शीतल निवासमा के भन्दो होला ?’ उनले राष्ट्रपतिलाई प्रश्न गरे ।

नेता रावलले थपे, ‘हामीले जहिले पनि पार्टी एकताका लागि काम गर्‍यौँ तर प्रधानमन्त्री केपी शर्मा ओलीले शिर झुकाउने काम मात्रै गरे उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन र संविधानको उपहास गरेर निरंकुश शैलीमा नयाँ मन्त्री नियुक्त गरेका छन्।’

रावलले लामो समयसम्म दल विभाजनसम्बन्धी अध्यादेश आफूहरूले रोकेको तर ओलीले त्यसैको झोंकमा चोइटिएर गएको आरोप लगाए।