भालुबाङबाट लमही आउँदै गरेको बस दुर्घटना,१८ जना घाइते - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

भालुबाङबाट लमही आउँदै गरेको बस दुर्घटना,१८ जना घाइते



दाङमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ ।भालुबाङबाट लमही आउँदै गरेको बस लमही नगरपालिका वडा नम्बर–३ टिकुलीगढमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा परी मल्लरानी गाउँपालिका वडा नम्बर–३ चौरपानी प्यूठान निवासी ५७ वर्षीय गोविन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर–४ मौरीघाट निवासी ४५ वर्षीय रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नम्बर–२ डोढही निवासी ८० वर्षीय दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर–७ भानपुर निवासी २५ वर्षीया सरिता चौधरी, २३ वर्षीया निर्मला कोइराला, राप्ती गाउँपालिका वडा नम्बर–७ निवासी डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नम्बर–५ भुल्के निवासी ४५ वर्षिया हिमा गाहामगर लगायत घाइते भएका छन्।

घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ। र, अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।