भक्तपुरमा १० जनाको मृत्यु - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

भक्तपुरमा १० जनाको मृत्यु



भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् ।

ती महिलालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ ।

यससँगै भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् । – रासस