नेकपाले गुमायो भक्तपुर प्रदेश सभा: काङ्ग्रेसका भँडेल भारी मतले विजयी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

नेकपाले गुमायो भक्तपुर प्रदेश सभा: काङ्ग्रेसका भँडेल भारी मतले विजयी



काठमाडौं- भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्।

उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ।

भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।