भक्तपुरमा कांग्रेसका भँडेलको जीत निश्चित
भक्तपुर । उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । भक्तपुरको प्रदेशसभा सदस्य उपनिर्वाचनमा कांग्रेस जित नजिक देखिएको छ ।
चाँगुनारायण नगरपालिकाका ९ वटै वडा गन्दा २३ सय ८९ मतको अन्तर परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ०८३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले १० हजार ६९४ मत प्राप्त गरेका छन्।
उत्तरपूर्वी भक्तपुरमा नेमकिपाको पनि प्रभाव छ । भक्तपुर– १ (क)को उपचुनावमा हालसम्म नेमकिपाका उमेदवार निरज लवजूले ३ हजार ८६० मत ल्याएका छन् ।
भक्तपुर नगरपालिका–१० को मत गन्न बाँकी छ । त्यहाँ नेमकिपाको पकड छ ।