भक्तपुरमा कांग्रेसका कृष्ण भँडेलको ठुलो अग्रता - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

भक्तपुरमा कांग्रेसका कृष्ण भँडेलको ठुलो अग्रता



भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यमा कांग्रेसले अग्रता लिएको छ।

चाँगुनारायण नगरपालिकाको नौवटै वडा र भक्तपुर नगरपालिका–१० समावेश यस क्षेत्रको मतगणनामा बिहान ६ बजेसम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएको छ।

चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मतगणनामा भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ५ हजार ६३१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्राप्त विवरण अनुसार चाँगुनारायण–१ मा कांग्रेसले १ हजार ५३५, नेकपाले ८७५, नेमकिपाले २१९, साझाले ५१ र राप्रपाले ३२ मत प्राप्त गरे।

त्यसैगरी वडा नम्बर २ बाट कांग्रेसले १ हजार ४९९, नेकपाले १ हजार ३२, नेमकिपाले १६४, साझाले ८८, राप्रपाले ११५ मत प्राप्त गरे भने वडा नम्बर ३ मा कांग्रेसले १ हजार २८९, नेकपाले १ हजार ३५१, नेमकिपाले ४०९, साझाले ३६ र राप्रपाले ४० मत प्राप्त गरेका छन्।

त्यस्तै, वडा नम्बर ४ मा कांग्रेसले १ हजार ८५३, नेकपाले १ हजार २६९, नेमकिपाले १३४, साझाले २० र राप्रपाले १७ मत पाए भने वडा नम्बर ५ मा कांग्रेसले १ हजार ९२५, नेकपाले १ हजार १०४, नेमकिपाले १ हजार २७, साझाले ४१ र राप्रपाले ७५ मत पाएको छ।

यस क्षेत्रमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा भक्तपुर नगरपालिकाको वडा नं. १० को मतगणना बाँकी रहेको छ। आइतबार राति १० बजेदेखि सुरु भएको मतगणना सौहार्दपूर्ण वातावरणमा भइरहेको जनाइएको छ।