एमाले फुटेलगत्तै भाजपा नेताको अर्थपूर्ण नेपाल भ्रमण
काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) का नेता विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले आइतबार नेपाल भ्रमणमा आएका छन् । नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच चौथाइवाले नेपाल भ्रमणमा आएका हुन् ।
नेपालमा एमाले विभाजन र देउवा सरकार बनेपछि भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल आएका उनले आइतबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउआलैइ भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विषयमा कुरा बहेको बताइएको छ ।
सो भेटमा कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएको बतैएको छ । उनका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
आइतबार नेपाल उत्रिएका उनले साँझ प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेका थिए ।महतले ट्वीटरमा काँग्रेस भाजपासँग सम्बन्ध सुमधुर बनाउन तत्पर रहेको र आजको भेट एक सुरुवात भएको बताएका छन् ।