भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटना,एकै परिवारका पाँचजना घाइते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटना,एकै परिवारका पाँचजना घाइते



गुल्मी : शुक्रबार भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटनामा परी एकै परिवारका पाँचजना घाइते भएका छन्। घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंको महाराजगंजस्थि शिक्षण अस्पतालमा पठाइएको छ।

सदरमुकाम तम्घासदेखि रेसुङगा नगरपालिका ३ भाड गाउँ जाँदै गर्दा करिब ११ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। प्रहरी नायब निरीक्षक खत्रीका अनुसार बा १० च ६१५२ नम्बरको जिप दुर्घटना हुँदा रेसुङगा नगरपालिका १ की ४५ वर्षीया निर्मला केसी, २३ वर्षीया सन्ध्या केसी,२६ वर्षीय प्रवेश केसी, १६ वर्षीया पुष्पा राना र रुपन्देही फूलवारीकी २१ वर्षीया मोनिका घिमिरे घाइते भएका हुन्।

मोनिका निर्मला केसीकी दिदीकी छोरी हुन् भने राना घरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ। जिप सडकदेखि १०० मिटर तल खसेको हो भने चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। जिप दुर्घटनाको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।