भैँसीलाई सुत्केरी खर्च पाँच हजार,पाडालाई पालनपोषण भत्ता २० हजार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भैँसीलाई सुत्केरी खर्च पाँच हजार,पाडालाई पालनपोषण भत्ता २० हजार



काभ्रे : पनौती नगरपालिकाले कृषकले पाडा दर्ता गरे भैँसीलाई सुत्केरी खर्च पाँच हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

नगरप्रमुख भीम न्यौपाने भैँसी सुत्केरी भएको हेर्न किसानको गोठ गोठमा पुग्ने गरेका छन्। भैँसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैँसीका पाडापाडी दर्ता अभियान पनि थालेको छ।

व्यावसायिक पशुपालनमा किसानलाई प्रोत्साहन दिन नगरपालिकाले भैँसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको न्यौपानेले जानकारी दिए। ‘किसानलाई भैँसीपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैँसी सुत्केरी कार्यक्रम सुरु गरेका हौँ’, उनले भने।

भत्ता लिन किसानले भैँसी बिमा अनिवार्य लिनुपर्छ। जन्मदर्ता गरिएको पाडी पछि सुत्केरी भए किसानलाई २० हजार रुपैयाँ पालनपोषण भत्ता उपलब्ध गराइने पशुपक्षी चिकित्सक मणि सापकोटाले जानकारी दिए।