गुल्मीको एकै गाउँमा ४ सय बिरामी
भदौ २१, काठमाडौं-
गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ ।
गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ ।
नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ ।
प्रभावित क्षेत्रमा दुईजना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, गाउँका ३,४ सय जना प्रभावित छन्, उनले भने, उपचार जारी छ ।
धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए ।
आजको कान्तिपुरमा यो खबर छ ।