भैरहवा भन्सार हो कि सेटीङ स्पट: सामान एउटा पास अर्कै - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

भैरहवा भन्सार हो कि सेटीङ स्पट: सामान एउटा पास अर्कै



भैरहवा : भन्सारबाट राजस्व चुहावट भएको भन्दै अर्थमन्त्रीले भन्सार जाँचपासलाई कडाइ गर्न निर्देशन दिए पनि देशको प्रमुख नाकामध्यको भैरहवा भन्सारबाट जाँचपास विनै गाडी छाड्ने क्रम रोकिएको छैन। मंगलबार भारतीबाट कपडा लिएको आएको लु १ ज २१४० को गाडी नियन्ण्त्रण गरिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको कपडा बरामद भएको जानकारी दिए। उनले भने, ‘गाडी जाँच गर्दा भन्सार छलेर ल्याइएका ब्लाउज ७० पिस, साडीको फल्स ३० पिस, लेगिज एक पिस, कन्टन पाइन्ट ३ पिस फेला परेको छ।’

एक सय ५२ किलो लटकन (ब्लाउजमा लगाउने झुम्का) को प्रज्ञापनपत्रका आधारमा सामान भन्सार नगरी छाडिएको हो। नियन्त्रणमा लिइएको गाडीले दिनभर भन्सार छलिएका सामग्री गन्तव्यमा पु¥याउने गरेको थियो।

गाडीसँगै पक्राउ परेका मनिषले आफूले भन्सारमा सेटिङका आधारमा लटकनको भन्सार मात्र गरेर अन्य सामान नेपाल ल्याएको अन्नपूर्णलाई बताए। उनले लटकनको भन्सार राजस्व १८ हजार भए पनि आफूले थप ६ हजार रुपैयाँ घुस स्वरुप कुल सामगी २४ हजार रुपैयाँ बुझाएको बताए।

भैरहवा भन्सार कार्यालयले एकै किसिमको सामग्री लटकनको तीन वटा ९६९७७, ९६९७८ र ९६९७९ प्रज्ञापनपत्रमार्फत भन्सार गरेको छ। भन्सारले १ सय ५२ किलो लटकनलाई प्रज्ञापनपत्र ९६९७७ मार्फत ५२ किलो, ९६९७८ मार्फत ३७ किलो र ९६९७९ मार्फत ६४ किलो भन्सार गरेको छ। एउटा सामग्रीको एउटै प्रज्ञापनपत्रमार्फत भन्सार गर्ने व्यवस्था छ।