भाईको विवाह दिदीको हत्या !
दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका तस्वीर तामाङले पत्नीको हत्या गरेका छन् । तस्वीरले पत्नी राममायाको सोमबार साँझ हत्या गरेका छन् ।
३५ वर्षीय तस्वीर ३७ वर्षीया पत्नीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई तस्वीरले टाउको र अनुहारमा आग्लोले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । राममायाको शव जिरी अस्पतालमा राखिएको छ ।

