गगन र विश्वप्रकाशको भाग्यको फैसला हुँदै - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगन र विश्वप्रकाशको भाग्यको फैसला हुँदै



नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । मतगणनाबाट युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरुको भाग्य फैसला हुनेछ ।

काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार भृकुटीमण्डपमा मतदान भएको थियो भने मतपेटिका पार्टी कार्यालयमा लगेर राखिएको थियो ।

यसअघि सभापति र उपसभापति पदको मतगणना गरेर आजदेखि महामन्त्री पदको मतगणना थालिएको हो । महामन्त्रीको दौडमा गगन–विश्वप्रकाशसहित ६ जना उम्मेदवार छन् । जसमा डा प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा राजाराम कार्की पनि छन् ।