अर्जेन्टिना धरापमा, यी टिमको ‘भाग्य’को फैसला भयो
काठमाडौं- २०१८ फिफा विश्वकपको समूह ‘डी’ को खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। यता क्रोएसिया भने अन्तिम १६ मा पुगेकाो छ।
समूह ‘डी’ मा नाइजेरिया र आइसल्यान्डबीच शुक्रबार खेल हुँदैछ। यो खेलमा आइसल्यान्डबीच विजयी भए साविक उपविजेता अर्जेन्टिना बाहिरिने खतरा हुन्छ। नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना बढी हुनेछ।
विश्वकपमा अहिलेसम्म समूह चरणमा ८ टिमको भाग्यको फैसला भएको छ।
विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम क्रोएसिया बन्यो। यसअघि समूह सीको खेलमा पेरुलाई १-० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो। यता लगातार दोस्रो खेलमा हारसँगै पेरु भने बाहिरियो। पेरु बाहिरिने चौथो टिम बन्यो।
यसअघि समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। समूह ए कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह बीबाट मोरक्को तथा समूह सीबाट पेरु बाहिरिएका छन्।
अन्तिम १६ मा पुगेका टिम
रसिया
उरुग्वे
फ्रान्स
क्रोएसिया
बाहिरिएका टिम
साउदी अरेबिया
इजिप्ट
मोरक्को
पेरु