लण्डनमा सङ्क्रमित नेपाली डाक्टरको अनुभव: 'यो महामारी धेरै पीडादायक हुँदोरहेछ' - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

लण्डनमा सङ्क्रमित नेपाली डाक्टरको अनुभव: ‘यो महामारी धेरै पीडादायक हुँदोरहेछ’



काठमाडाैं- बेलायतमा कोरोना संक्रमणबाट ठूलो नेपाली समुदाय पनि समस्यामा परेको खबर बाहिर आउदै गर्दा त्यहाँ रहेकी एक नेपाली संक्रमितले यसको पिडा भयानक भएको बताएकी छन् ।

बेलायतको लण्डनमा बस्दै आएकी ति महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको आफैले जानकारी गराएकी छन् ।

बेलायतमा सामाजिक अभियान्ताको परिचय स्थापित गरेकी डा. भगवती रानाभाट आफूलाई कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएको जानकारी गराएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो फोटो र स्टाटस पोष्ट गर्दै उनले कोरोना भाइरसबाट सचेत हुन सबैलाई आग्रह समेत गरेकी छिन् । उनले लेखेकी छन्, ‘यो संक्रमण अत्यन्तै पीडादायी हुँदोरहेछ, १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन ।’

उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको स्पष्ट पारेकी छिन् ।

लमजुङ तारकुघाटकी डा. रानाभाटले लेखेकी छिन्, ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन।

फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउँला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नु हुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लण्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको जनाइएको छ ।