भगवानको नाममा भत्किएको हाम्रो देश । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भगवानको नाममा भत्किएको हाम्रो देश ।



बाबु रोका मगर

कसैको घर बनाउनु पुण्यको काम हो र भगवानको घर बनाउनु महा पुण्यको काम हो त्यसैले मन खोलेर दान गरौँ अनि दुख पिडाबाट मुक्ति पाऔं । यस्ता मिठा शब्दहरू प्राय धर्मभक्त पुजारीहरूको मुखबाट सुन्न अनि मन्दिरको गेटमा लेखिएको देख्न पाइन्छ ।

भगवान् कहाँ छौ तिमी कहाँ बस्छौ? कहाँ खोजौँ कस्लाइ रोजौँ कस्तो छ तिम्रो असली रूप ? गीता पनि पढे कुरान अनि बाइबल पनि पढे कोही भन्छन् सोमबारको व्रत राख कोही भन्छन् मङ्गलवारको कोही भन्छन् सूर्य अस्ताउनु भन्दा पहिले खाना खाऊ कोही भन्छन् माछा मासु नखाउ । हे भगवान् कहाँ छौ तिमी कहाँ बस्छौ ? म तिमीलाई मन्दिरमा खोजे मस्जिदमा खोजे गुम्बा अनि ढुङ्गा,मूर्ती र तस्बिरहरूमा खोजे त्यति मात्रै होइन हिमाल पहाड तराइ जताततै खोजे तर म तिमीलाई कहिकतै भेटाउन सकेन अब म तिमीलाई खोज्दैन भन्दा फेरिपिनी यो मनले मानेन या मैले तिमीलाई खोज्न जानेन ?

यहाँ तिम्रो नाममा धर्मका व्यापारीहरूले अलग-अलग कम्पनी खोलेका छन् धेरैले ती कम्पनीबाट धेरै पैसा कमाएका छन् तर आजसम्म तिमीलाई म जस्ता साधारण मानिस कसैले देखेका भेटेका छैनन् । कि तिमीलाई देख्न भेट्नको लागि धनी बन्नुपर्ने हो या गरिब फटाहा, सरिप बन्नुपर्ने हो ?

सुनेको छु हामीहरू भगवान्का बच्चा हौँ ? यदि हामी भगवानका बच्चा हौँ भने भगवानले आफ्ना बच्चाहरूलाई किन जात, धर्म अनि बलि चढाउन लगाउँछन् ? कतिपय ठाउँहरूमा तिम्रै दर्शन गर्न भनी हिँडेका गाडीहरू दुर्घटना भएका हुन्छन् भगवानले हामी मानिशरु बाट के चाहन्छन ? यो प्रश्न को जवाफ भगवानका म्यानेजर (पुजारी) भक्त हरुले दिन सक्दैनन? यहाँ धर्मको कनेक्सन फेसनले बनाएको छ दाह्री पाले मुसलमान कपाल काटि टुप्पी ठाडो पारे बाहुन पहेलो लुगा लगाए योगि सेतो लुगा लगाए क्रिश्चियन यो सबै धर्मका ब्यापारीहरुको व्यापार हो होइन भने मलाई यस्को जवाफ चाहियो उनिहरुको कपडा उतारेर हेर कुन चै भगवानले कुन-कुन ब्याक्तिहरुलाइ तँ यो जात र धर्मको ब्याक्ती होस भनेर मोहर लगाइदिएका छन्? यो धर्म संस्कृति तपाईं हामी जस्तै मानिसहरुले बनाएका हुन आज यहि धर्म संस्कृति जातपात को नाममा एकआपसमा मनमुटाव गराइ लडाइ काटमार चलेको छ ? जन्मिदा हामी सबै नाङै जन्मिएका हौँ कुनैपनी भगवानले कुनैपनी मानिसको नाङो शरिरमा तँ यो जात अनि यो धर्मको मान्छे होस भनेर जात र धर्मको ठप्पा लगाइदिएका छैनन् । जबसम्म भगवानको म्यानेजर (पुजारी) हरुले मानिसहरुको मनको पीडा ब्यथा भगवान् समक्ष पुर्याउन सक्दैनन तबसम्म उनको सहारा लिनु हुँदैन समस्याको समाधान हामी मानिसहरु एकआपसमा मिलेर एकअर्काको सहारा बन्नुपर्छ भगवानको भरोसामा होइन ।

यहाँ ति धर्मका ब्यापारीहरुले डरको खेती गरि डर कै व्यापार बनाइरहेका छन् । धर्मको नाममा सवाल प्रश्न गर्नु भगवानको अपमान गरेको पुजारीहरु बताउछन धर्म एउटा विश्वासको कुरा हो ? यदि भगवान् ले चाहन्छन कि हामी साधारण मानिसले प्रश्न गरेमा भगवानले हामिलाइ तर्क गर्ने र राम्रो काम गर्न सक्ने शक्ति दिदैनन ? हामी पापी अनि अधर्मी भनेर धर्मका ठेकेदारहरुले डर अनि भ्रम फैलाएका छन् । भगवानको नाममा डर यस्तो ब्यापार भैसकेको छ कि हामी मानिसहरु अझैसम्म अलमलमा परेका छौ उदाहरण को लागि सडकमा एउटा चटपटे चिया पसल या दुधवाला आफ्नो खल्तिबाट पैसा लगानी लगाएर रातदिन सडकमा चिया चटपटे दूध भन्दै चिच्याउदै हिड्छन मुस्किलले दिनको छाक टार्ने पैसा कमाएर आफुलाइ सन्तुष्टि दिएका हुन्छन् तर कुनै अस्पताल या स्कुल कलेजको बाहिर पट्टि एउटा ढ्ङालाइ एक रुपैयाँ को रातो अबिर लगाइदिएर ढुङाको अघि दुई चार रुपैयाँ सिक्का छरेर राखेपछि बिनाबुलाए मेहेमान भने झै त्यहाँ भेटी चढाउने मानिसहरुको घुइँचो लाग्छ यो डर हो या व्यापार? नेपालका विभिन्न मठ मन्दिर, चर्च, गुम्बामा जम्मा गरिएको भेटी (दक्षिणा)ले कयौं गरिबका पेटहरु भरिनेछन यदि भगवान् हुने नै थिए त मन्दिर बाहिर भिखारीहरु भिख माग्न बस्नु पर्दैन थियो । यस्तो प्रश्न मन्दिरका म्यानेजर पुजारी भक्तहरुलाइ गरे उनिहरुको एउटै जवाफ हुन्छ थप्पड हिर्काएर मन्दिरबाट भगाउनु ।

के त्यसोभए यो संसारमा भगवान् पक्कै छैनन् होला त? यो प्रश्न सबैको मनमा उठ्न सक्छ र उठ्नु पनि स्वभाविक नै हो । त्यस्तो होइन भगवान् छन् तर कुन भगावन हुन ? कुन दानव हुन? त्यो तपाइँ हामी आफैले बुझ्ने कुरा हो त्यो कसरी थाहा पाउने ? सबैको आ-आफ्नो बिचार र तरिका हुन्छन् जसले जसरी देख्यो अनि सोच्यो त्यस्तै नै देखिन्छन भगवान् ।

कुनै समय थियो म एक्लै थिए कुन साथिभाइ कुन स्टमित्र पत्तो थिएन कति उल्झन अनि समस्याहरु थिए तर पनि भोलि पक्कै राम्रो हुनेछ भनेर म आफ्नो कर्म गर्दै हिडे हो मलाई भगवान् बाट एउटा उम्मीद मिल्थ्यो तब भगवान् छन् कि भनेर विश्वास लाग्थ्यो तर म कुन भगवानलाइ विश्वास गरौँ? मेरो एउटै सहारा थियो (भगवान्) भगवान् ले कुन बाटो निकाल्छन यिनी संग जोडिएमा उम्मीद मिल्छ ।

तपाइहरु भन्नुहुन्छ भगवान् एउटै छन् तर म भन्छु भगवान् दुइटा छन् । एउटा पुजारीहरुले बनाएको भगवान् र अर्को जस्ले हामिलाइ बनायो त्यो भगवान् जस्ले हामिलाइ बनायो उस्को वारेमा केही थाहा अत्तोपत्तो जानकारी छैन एउटा भगवान् धर्मका ठेकेदारहरु ले बनाए जो एकदम झुटा घुस लिने झुटा विश्वास दिने धनिहरुलाइ छिटो मिल्ने गरिबहरुलाइ लाइनमा उभिनुपर्ने तारिफबाट खुशी हुने हरेक कुरामा डर जन्माउने ।

अतः यो लेखमा मैले भगवान् छैनन् भनेर झुटा भ्रम फैलाउन अनि कुनै मठमन्दिर भगवानको अपमान गर्न खोजेको होइन भगवान् छन् कहाँ छन्? कस्ता छन्? तपाइँ आफुले आफ्नो मनलाइ सोधी हेर्नुहोला म मेरो बिचार अनुशार सबैलाइ यहि भन्न चाहे जुन भगवानले हामिलाइ बनायो त्यही भगवानलाइ विश्वास गरौ जुन भगवानले विभिन्न ब्रह्माण्ड बनायो यो पृथ्वीको गोला भन्दा लाखौ करोडौ ठुला गोलाहरु घुमाइरहेका छन् । एउटा सानो पृथ्वीको गोला भित्र सानो देशको सानो गाउँ शहरको सानो गल्ली अनि सानो मन्दिरमा बसेर भगवानलाई बचाउने भ्रम नफैलाएकै राम्रो किनकी असली भगवान् आफुले आफुलाइ रक्षा गर्न सक्छन उनलाइ कुनै बोर्डिगार्डको जरुरत हुँदैन को हिन्दु को मुसलमान को इसाइ, क्रिश्चियन को बौद्ध ? त्यस

त्यसैले भगवानको नाममा गलत कार्य नगरौं एक आपसमा मानवीय व्यबहार बनाइ मानवताको कर्तव्य निभाऔं तबमात्र बन्छ सुन्दर समाज र राष्ट्र । “जय नेपाल देशवाला”

लेखक:- नेपाल पत्रकार महासंघ भारत शाखाका केन्द्रिय सदस्य तथा नेपाली देशभक्त आवाजका संस्थापक संरक्षक हुन ।