भगवान कोइराला बने मेडिकल काउन्सिल अध्यक्ष - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भगवान कोइराला बने मेडिकल काउन्सिल अध्यक्ष



काठमाडौं- आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।

आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे जानकारी दिइएको छैन। सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ।