भागरथी प्रकरणमा ट्वीस्ट: उनकै विद्यालयका युवकले अपराध स्वीकारे
काठमाडौं – बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको उनकै विद्यालयका एक छात्रले स्वीकार गरेका छन् । ति छात्रले आफूले भागरथिको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरी समक्ष उनले स्वीकार गरेको स्रोतलेले जनाएको छ । थप अनुसन्धान प्रभावित नहोस् भन्नको लागि प्रहरीले उनको पहिचान गोप्य राखेको बताइएको छ ।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।
भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती व्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो ।
यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले आजै मात्रै स्थानीय एक जना सरकारी कर्मचारी पक्राउ गरेको समाचार सार्वजनिक गरेको थियो तर घटना ट्वीस्ट हुन पुगेको छ ।