प्रचण्ड-माधव समुहमा पनि भागबण्डाकै तनाव - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रचण्ड-माधव समुहमा पनि भागबण्डाकै तनाव



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ।

प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो। पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्न नसकेको खबर राजधानीले छापेको छ।

स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ।

तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो । स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ।