पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्नु: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्नु: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भन्दै व्यंग्य गरेका छन् ।

कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालमाथि यस्तो कटाक्ष गरेका हुन्।

उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए। ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका भगौडाहरुको कुरा सुन्नु भएको होला’, उनले भने, ‘केन्द्रीय समित बैठकमा नआएर कहाँ गए भनेको त सडकमा बसेर हामी यहाँ छौं रे।’

उनले प्रचण्ड नेपाल बैठकमा नआउने, पत्रपत्रिकामा लेखाएर गाली गलौज गरेर हिँडेका आरोप लाए। उनले आफू देशको आधुनिकीकरण गर्न हिँडेका कारण गालीगलौज गर्ने फुर्सद नभएको बताए।

‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन’, उनले भने, ‘देशलाई आधुनिकीकरण गर्नुछ।’