बन्दै गरेको रंगशाला अलपत्र बनाएर धुर्मुस–सुन्तलीको सपना साकार पार्दै सरकार - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

बन्दै गरेको रंगशाला अलपत्र बनाएर धुर्मुस–सुन्तलीको सपना साकार पार्दै सरकार



काठमाडौं। सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला भने अलपत्र छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्री केपी ओलीले एकीकृत बस्ती निर्माण गरेर जनस्तरबाट व्यापक सरहना बटुलिरहेका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को संकल्प साकार पार्ने आश्वासन सगर्व राखेका छन् ।

५ वर्षअघि पुनर्निर्माण थालिएको सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै ठडिन सकेको छैन । अस्तव्यस्त अवस्थामा छ ।