भव्य समूह लिएर कांग्रेस प्रवेश गर्दै सुनिल थापा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भव्य समूह लिएर कांग्रेस प्रवेश गर्दै सुनिल थापा



काठमाडौं- नेपाली कांग्रेस प्रवेश गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री समेत रहेका पूर्वमन्त्री सुनिल थापासहित पार्टीक प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन्।

पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन्।

राप्रपाको सिद्धान्त र दृष्टिकोण स्वार्थ र परिस्थिति अनुकूल परिवर्तन भइरहँदा विश्वास समाप्त भएको थापासहितका नेताहरुले उल्लेख गरेका छन्।

राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र केही केन्द्रीय सदस्यहरू छन्।

एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको तथा पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ।

थापालगायत राप्रपाको ठुलो तप्का पहिलेदेखि नै नेपाली कांग्रेस प्रवेश गर्ने तयारी चलिरहेको स्रोतले जनाएको छ । उनीहरूलाई ल्याउन सभापति देउवाले लामो गृहकार्य गरेको बताइएको छ ।

पार्टी प्रवेश गर्दा पद विभाजन मिलाइएको समेत बताइएको छ । थापाले राप्रपाको निकै ठुलो समूह लिएर कांग्रेस प्रवेश गर्न लागेको समेत खुलेको छ । थापासहितको समूह प्रवेश गराउनका लागि ३ महिना अगाडी देखि छलफल चलेको थियो ।