लाजिम्पाटमा वेश्यावृत्ति धन्दा चलाएका २ युवती पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

लाजिम्पाटमा वेश्यावृत्ति धन्दा चलाएका २ युवती पक्राउ



काठमाडौं– लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्। प्रहरीले पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो।

एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए। पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।

आफ्नो फ्लाइटलाई उनीहरुले कोठी बनाएर वेश्यावृत्ति धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।
उनीहरुले ग्राहकहरुसँग मोटो रकम असुल्ने गरेको समेत अनुसन्धानमा खुलेको छ।