परराष्ट्रमन्त्री खड्कालाई अमेरिकाले पनि दियो बधाई - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

परराष्ट्रमन्त्री खड्कालाई अमेरिकाले पनि दियो बधाई



काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिकाले बधाई दिएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज (बिहीबार) ट्विट गर्दै मन्त्री खड्कालाई बधाई दिएका हुन्।

राजदूत बेरीले कोभिड–१९, जलवायु परिवर्तन, लोकतन्त्रको रक्षा तथा अन्य आपसी चासोका विषयमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको पनि बताएका छन्।

हिजो बुधबार परराष्ट्रमन्त्रीको शपथ लिएका खड्का हिजो नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्।