कोरोनामाथि राजनीति गरेको भन्दै बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन
एजेन्सी- कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थुन्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डनमा विशाल जनप्रदर्शन भएको छ ।
भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम फैलाउदै नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै स्वतन्त्रताको आवाज उठाएका छन् ।
लण्डनमा अहिलेपनि हजारौंले सडक जनप्रदर्शन गरिरहेका छन् । सरकारले कोरोनाबारे डर देखाएको र गलत सूचना दिएको उनीहरुको आरोप छ ।
बर्लिनमा प्रर्दशन गरिरहेका स्वतन्त्र नागरिको समूहलाई प्रहरीले तितरबितर पारेको छ । लण्डनमा भइरहेको जनप्रर्दशमा सहभागीहरुले कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृत्यु हुने भनेर सरकारले झुटो रिर्पोट सार्वजनिक गरेको आरोप लगाएका छन् । बीबीसी