मोटोपन घटाउन देखि महिलाहरु आकर्षित गर्न लसुन खानुस - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

मोटोपन घटाउन देखि महिलाहरु आकर्षित गर्न लसुन खानुस



लासुनलाई नेचुरल एन्टिबायोटिक पनि भानिन्छ । धेरैलाई थाहा नहुन सक्छ लसुनको सेवनका यत्ति धेरै फाइदा छन् भन्ने ।

लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् ।

भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् :

लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।

यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।

लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।

यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।

यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।

यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।