कञ्चनपुरको बेलडांडीमा अायुर्वेद चिकित्सक डा. भट्ट  नियुक्त  - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

कञ्चनपुरको बेलडांडीमा अायुर्वेद चिकित्सक डा. भट्ट  नियुक्त 



कञ्चनपुर । कञ्चनपुरको बेलडांडीमा नयाँ अायुर्वेद चिकित्सक आउनु भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले यही कार्तिक ३० गते बेलडांडीमा आयुर्वेद कार्यक्रममा अायुर्वेद चिकित्सक डा. राजेन्द्र प्रसाद भट्टलाई नियुक्त गरेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो ।

बेलडांडी गाउँपालिकाका नागरिकहरूले बारम्बार बेलडांडीमा विशेषज्ञ चिकित्सकको माग गर्दै आएका थिए । कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् खानेपानी मन्त्री बिना मगर, प्रदेश सभा सदस्य कुलबीर चौधरी, बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री लगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सकृयता पछि गाउँपालिकाले विशेषज्ञ चिकित्सक पाएको बेलडांडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक डम्बर बहादुर खत्रीले बताउनु भएको छ ।

बेलडांडी प्राथमिक स्वास्थ्य केन्द्रमा अब छिट्टै एमबीबीएस डाक्टर पनि ल्याउने पहल भइरहेको बेलडांडी गाउँपालिका अध्यक्षका प्रमुख सल्लाहकार कृष्ण कुमार रोकायाले बताउनुभयो । गाँउपालिकामा नयाँ चिकित्सक डा. भट्ट आए संगै गाउँवासी हर्षित भएका छन् ।