‘बेलको जुस’ गर्मीमा अमृत समानः भीम पाख्रिन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘बेलको जुस’ गर्मीमा अमृत समानः भीम पाख्रिन



हरिलाल जोशी/पुनर्वास,
अहिले कैलाली–कञ्चनपुर लगायत विभिन्न क्षेत्रमा गर्मी बढिरहेको छ । गर्मिमा सबैको रोजाइ चिसो पेय पदार्थ हुन्छ । बजारमा फलफूलबाट सर्बत बनाउने गरेको त पाइन्छ तर बेलवाट पनि सर्वत बनाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पुष्टि गरेका छन् पुनर्वासका एक किसानले ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का समाजसेबी तथा पूर्ब वडा संयोजक भीम पाख्रीनले खेर गइरहेको बेललाई प्रयोगमा मात्रै ल्याएका छैनन्, सबैको गर्मी समेत फाल्न मद्दत गरेको छन्, धेरथोर पैसा पनि कमाएका छन् । उनि भन्छन “खेर गएको बेललाई सदुपयोग गरेको छु, २ जना कर्मचारी खटाएको छु उत्पादनका लागि सङ्कलन गरेर ल्याउनेलाई समेत रोजगार दिइरहेको छु ।

बेलको जुस गर्मीमा निकै महत्वपूर्ण औषधिका रुपमा लिइन्छ । बेलको सर्वत खाँदा पनि स्वास्थ्यमा पनि निकै फाइदा पु¥याउँछ । औषधिका रुपमा र अन्य विकल्पका लागि पनि प्रयोग गर्नेहरुको संख्या धेरै रहेको पाख्रीनको भनाइ रहेको छ । यतिमात्रै होइन पुनर्वास नगरपालिकामा अतिथि सत्कारमा मात्रै होइन शुभकार्यमा समेत बेलको जुस लैजाने ट्रेन्ड बढेको पाख्रीनले बत्ताए । स्थानीय बजारमा बेलको जुसको राम्रो प्रभाव जमाएको उनको भनाइ छ । सुरुवाती समयमा बेलबाट पनि सर्बत बन्छ र ? भनेर धेरैले अविश्वासले हेरे । अविश्वासका कारण सुरुवाती समयमा अलि अलि गाह्रो भयो । अहिले यसको महत्व बुझेका कारण पनि धेरै उपभोक्ताको संख्या बढेको र आम्दानीका रुपमा सिजनमा राम्रै आम्दानी हुने पाख्रीनले बताए । काम पनि सजिलो र स्वदेशमै बसेर मनग्य आम्दानी गर्न सकिने यस व्यवसायलाई अझ बिस्तार गर्ने पाख्रीनको सोच रहेको छ । व्यवसायबाट आफू निकै खुसी भएको बताउदै पाख्रीनले बजारमा पाइने बिभिन्न थरीका कोल्ड ड्रिंसहरु पिउँनु भन्दा गर्मी याममा बेलको जुस अमृत समान भएको दाबी गरे ।

बेलको पातदेखि फलसम्म उपयोगी मानिन्छ । बेलको पातले झाडापखाला, कब्जियत, पाइल्सका साथै श्वासप्रश्वाससम्बन्धी समस्यामा समेत फाइदा गर्ने विशेषज्ञको भनाइ छ । त्यस्तै, यसले क्यान्सर रोगबाट समेत जोगाउँने, शरीरमा भएको विषाक्ततालाई हटाउँने, मिर्गाैला सम्बन्धी समस्या भएकाहरुले दैनिक बेलको जुस सेवन गर्दा फाइदा हुने पुनर्वास पोलिक्लिनिकका सञ्चालक धोखे रानाले बताए । गाउँघरमा त्यतीकै खेर जाने बेल जुस पसल खोलेपछि मनग्य आम्दानीको श्रोत बनेपछि बेल कृषकहरु पनि खुशी भएका छन् ।

पहिला गाउँघरमै खेर गईरहेको थियो तर अहिले बिक्री हुने भएपछि खुशी लागेको छ पुनर्वास नगरपालिका–३, रामबस्तीका स्थानीय च्यँुतेन साइला तामाङले बताए । गोटाको ६ रुपौयाँका दरले विक्री हुँने बेल जुस पसलबाट हालसम्म करीब दुई/तीन हजार बराबरको बेल विक्री गरेको उनले बताए ।

बेल जुस कारोबारमा लोकप्रियता बढेपछि अलफा कञ्चन बेल सर्वतका सञ्चालक भीम पाख्रीनले आगामी दिनमा एक हजार बेलका विरुवा रोप्ने लक्ष्य रहेको र उन्नत जातको विरुवा उपलब्ध गराई दिन जिल्ला कृषि विकास ज्ञान केन्द्रसँग समन्वय भईरहेको उनले बताए ।