बेल्जिमयले बनायो नयाँ इतिहास - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

बेल्जिमयले बनायो नयाँ इतिहास



विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २-०ले पराजित गर्दै बेल्जिमयले अाफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो इतिहास हात पारेको छ।

जितसँगै यस विश्वकपमा कास्यपदक हात पार्नु बेल्जियमको विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो। सन् १९३० को पहिलो विश्वकपबाट नै सहभागिता जनाउन सुरु गरेको बेल्जियमको १२ पटक विश्वकप खेल्दा १९८६ मा यसअघि सबैभन्दा ठूलो(चौथो स्थान) उपलब्धि हात पारेको थियो ।

इंग्ल्याण्डविरुद्ध थोमस म्युनियर र इडन हार्जार्डले गोल गरेका थिए। खेलको ३ मिनेट ३७ सेकेन्डमा नासिर चादिलले कर्नरको क्षेत्रबाट दिएको पासलार्इ थोमस म्युनियरले क्रस गर्दै गोलमा परिणत गरेका थिए।

योसँगै म्युनियर यसविश्वकपमा बेल्जियमका लागि गोल गर्ने १० अौं खेलाडी बनेका छन्। यसअघि १९८२ मा फ्रान्स र २००६ मा इटालीका विभिन्न १० जना खेलाडीले एउटै विश्वकपमा गोल गरेका थिए।

सोही गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको बेल्जियमका लागि इडन हार्जाडले ८१ अौं मिनेटमा दोस्रो गोल गरेका थिए। डी बक्सभित्र इंग्ल्याण्डका फिल जोन्सलार्इ पछि पार्दै उनले गरेको प्रहार गोल रक्षक जोर्डन पिकफोर्डले भेट्टाउन सकेनन्।