बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ



काठमाडौं- बेलायतमा कोरोना खोप लगाएका १९ जनाको मृत्यु भएको छ । यससंगै बेलायतले ३० वर्ष मुनीकालाई कोरोना भ्याक्सिन लगाउन बन्द गरेको छ ।

बीबीसीका अनुसार बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको छ।

धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या (ब्लड क्लटिङ) समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो खोप दिन लागिएको एमएचआरएले जानकारी दिएको छ। अब ३० वर्षभन्दा कम उमेरका मानिसहरूलाई कोरोनाविरुद्ध अन्य कम्पनीले तयार गरेका खोप दिइनेछ।

मार्चको अन्त्यसम्ममा एस्ट्राजेनेकाको खोप दिइएका मानिसहरूमध्ये ७९ जनामा ब्लड क्लटिङ भएको र तीमध्ये १९ जनाको मृत्यु भएको पनि एमएचआरएले जनाएको छ।

एस्ट्राजेनेका निर्मित भ्याक्सिनकै कारण ब्लड क्लटिङ भएको पर्याप्त प्रमाण नजुटेपनि यो समस्या र एस्ट्राजेनेकाको भ्याक्सिनबीच गहिरो सम्बन्ध रहको सो नियामकले जानकारी दिएको छ।

ब्लड क्लटिङका कारण ज्यान गुमाएकामध्ये दुई तिहाई महिला थिए। खोप लगाएपछि यो समस्या निम्तिएका १८ देखि ७९ वर्षसम्मका मानिसहरूको ज्यान गएको हो।

बेलायतमा अहिलेसम्म दुई करोड डोज एस्ट्रेजेनेकाको खोप दिइएको बताइएको छ।