बेलायतका प्रधानमन्त्रीले श्रीमती छाडेर गर्लफ्रेन्डसँग इन्गेजमेन्ट - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बेलायतका प्रधानमन्त्रीले श्रीमती छाडेर गर्लफ्रेन्डसँग इन्गेजमेन्ट



काठमाडौं – बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्।

उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन्।

यो घोषणासँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा बिहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।

जोनसनको पत्नी भारतीय मूलकी मारिना ह्विल हुन्। उनीहरूको सम्बन्ध विच्छेदको अवस्थाम अन्तिम चरणमा पुगेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन र उनकी गर्नफ्रेन्ड ३१ वर्षीया साइमन्ड २०१९ जुलाईदेखि डाउनिङ स्ट्रिटमा बसिरहेका छन्।