बेलायतकी स्वास्थ्य मन्त्रीलाई नै कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बेलायतकी स्वास्थ्य मन्त्रीलाई नै कोरोना सङ्क्रमण



काठमाडौं- बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् ।

उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेकाे बिबिसीले जनाएको छ ।

कोरोनाका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् ।

आमालाई पनि सामान्य रुघाखोकी लाग्न थालेको उनले बताएकी छन् ।