बेलायतमा ब्यापक आर्थिक मन्दी, ह्वात्तै बढ्यो मानसिक समस्या - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बेलायतमा ब्यापक आर्थिक मन्दी, ह्वात्तै बढ्यो मानसिक समस्या



–बीबीसी– कोरोना महामारी तथा लामो समयको लकडाउनका कारण बेलायतमा आर्थिक मन्दी छाउनुका साथै मानसिक स्वास्थ्यमा पनि समस्या देखिएको छ।

रोयल कलेज अफ साइकियाट्रिस्टका अध्यक्ष डा. एड्रियन जेम्सका अनुसार आर्थिक मन्दीको खबरसँगै बेलायतीहरुमा मानसिक समस्या देखिएको हो।

आर्थिक मन्दीका कारण स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रहेको गैर–बराबरी झन् बढ्ने र त्यसले थप मानसिक समस्या ल्याउने डा. जेम्सले बताएका छन्।

जेम्स भन्छन्, ‘जो पहिलेदेखि नै बेरोजगार छन्, गरिबीमा बाँचिरहेका छन्। परिवार पाल्नुपर्ने युवा, काला जातिका तथा एसियाली र नश्लीय अल्पसंख्यकहरु धेरै प्रभावित हुने सम्भावना छ।’

भयावह परिणामबाट बच्न सरकारले मानसिक स्वास्थ्य तथा सामाजिक कल्याणकारी सेवामा खर्च बढाउनुपर्ने सुझाव उनले दिएका छन्।