बेलायतमा न्यूनतम पारिश्रमिक वृद्धि - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

बेलायतमा न्यूनतम पारिश्रमिक वृद्धि



लन्डन – बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ ।

१ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

अब २५ बर्षमाथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ दशमलव ५० पेन्स बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्याइएको छ ।

जुन गत बर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।

यो घोषणाले पूर्णकालिन कामदारको बार्षिक आय करिब ६ सय पाउन्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

१८ बर्ष उमेरका कामदारलाई ५ पाउन्ड ६० पेन्सबाट ५ पाउन्ड ९० पेन्स वृद्धि गरिएको छ ।