भोड्का कोरोनाको औषधि भएको बेलारुसका राष्ट्रपतिको दाबी: यसो भन्छन वैज्ञानिक - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भोड्का कोरोनाको औषधि भएको बेलारुसका राष्ट्रपतिको दाबी: यसो भन्छन वैज्ञानिक



एजेन्सी- भोड्का कोरोनाको औषधि भन्ने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको दाबीलाई बैज्ञानिकहरुले नकारेका छन्।

वैज्ञानिकहरुले लुकासेन्कोको दाबी गलत भएको बताउँदै कोरोनाको औषधि र खोप परीक्षणकालमै भएको बताएका छन्।

महामारीविज्ञहरुले कोरोना भाइरसको औषधि र खोप हाल बनिरहेको र औषधी र खोप नबनुन्जेल विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोनाविरुद्धको उपायहरु अबलम्ब गर्न सुझाव दिएका छन्।

दोहोर्याउँदै २० सेकेन्ड हात धुन, कोरोना संक्रमितबाट टाढै रहन, रुघाखोकी लागेका मानिसबाट टाढै रहन, मास्क लगाउन, शारीरिक दुरीको नियमलाई पालना गर्न तथा सरसफाइमा ध्यान दिन संगठनले सुझाव दिएको छ।

लुकासेन्कोले यसअघि ट्र्याक्टर चलाउँदा, बाख्राहरुसँग खेल्दा कोरोना भाइरस नलाग्ने दाबी पनि गरेका थिए। ती दाबीहरु कल्पना मात्र भएको विज्ञहरु बताउँछन्।

हालै राष्ट्रपति लुकासेन्कोले बेलारुसमा कोरोना भाइरसबाट कसैको मृत्यु नभएको पनि दाबी गरेका छन्। उनले सरकारी तथ्यांकलाई नै नमान्ने बताएका हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलारुसमा २ हजार ९१९ जना कोरोना संक्रमित छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ।