राष्ट्रपतिको राजीनामा माग्दै बेलारुसमा भयंकर प्रदर्शन - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

राष्ट्रपतिको राजीनामा माग्दै बेलारुसमा भयंकर प्रदर्शन



एजेन्सी–बेलारुसमा राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोविरुद्ध व्यापक प्रदर्शन गरिएको छ। राजधानी मिन्स्कमा आइतबार हजारौं मानिस प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण भएको छ।

मिन्स्कको इन्डिपेन्डेन्स स्क्वायरलगायतका महत्वपूर्ण स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने १ सय २५ भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ।

गत ९ अगष्टमा भएको चुनावमा धाँधलीको आरोप लगाउँदै विपक्षीहरुले प्रदर्शनमा उत्रिएका हुन्। उनीरुले राष्ट्रपति लुकासेन्स्कोले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

लुकासेन्स्को २६ वर्षदेखि सत्तामा छन्। उनले आफूले चुनावमा कुनै धाँधली नगरेको र पद छाड्नेबारेमा नसोचेको पनि बताएका छन्।

पत्रकारहरुले प्रदर्शनको समाचार संकलन गर्न पनि समस्या भोग्नु परेको बताइएको छ। शनिबार प्रशासनले १७ पत्रकारको मान्यता खारेज गरेको थियो। तिनमा अधिकांश विदेशी मिडियामा काम गर्ने बेलारुसकै पत्रकार छन्।

सरकारको यो निर्णयमा पर्नेमा बिबिसीको रुसी सेवाका २ पत्रकार पनि छन्। बिबिसीले यसबारे टिप्पणी गर्दै ‘स्वतन्त्र पत्रकारितामाथिको निर्मम प्रहार’ भनेको छ।