जेफ बेजोसले अमेजनबाट राजिनामा दिँदै - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

जेफ बेजोसले अमेजनबाट राजिनामा दिँदै



एजेन्सी- अमेजनका संस्थापक जेफ बेजोसले राजिनामा दिने भएका छन् । बेजोसले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामा दिने भएका हुन्।

आफ्ना अन्य व्यवसाय प्रवर्धनका लागि बेजोसले राजिनामा दिन थालेको बताइएको छ । उनले आफ्नो यस्तो निर्णयले अरु व्यवसायहरुमा ध्यान केन्द्रित गर्नका लागि समय प्रदान गर्ने बेजोसले बताएका छन्।

३० वर्ष पहिले स्थापना गरेको किनमेलको अनलाइन ‘जाइन्ट’ अमेजनको प्रमुख कार्यकारीबाट राजीनामा दिएर कार्यकारी अध्यक्ष बन्ने भएका हुन्।

विश्वका धनी व्यक्ति बेजोसको स्थानमा एन्डी जेसी अमेजनको प्रमुख कार्यकारी बन्ने छन्। जिम्मेवारीको यो हेरफेर २०२१ को दोस्रो सत्रमा लागु हुने कम्पनीले जनाएको छ।

सन् १९९४ मा अनलाइन बुकसपका रुपमा स्थापना भएदेखि नै बेजोसले अमेजनको नेतृत्व गर्दै आएका थिए। ५७ वर्षका बेजोसले स्थापना गरेको अमेजनमा हाल विश्वभर १३ लाख भन्दा बढि कामदार छन्।