कन्डम लगाउँदा ध्यान दिनुहोस्–बाँझोपन हुनसक्छ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

कन्डम लगाउँदा ध्यान दिनुहोस्–बाँझोपन हुनसक्छ



एजेन्सी – यौनसम्बन्धको दौरानमा मानिसहरु प्राय कन्डमको प्रयोग गर्ने गर्दछन्। कन्डमको प्रयोग गर्नु यौनसम्पर्कको लागि सबैभन्दा सुरक्षित मानिन्छ। यसलाई यौन यो निश्चित समयको लागि उपयुक्त अनि गर्भनिरोधकको अचुक औषधि पनि मानिन्छ ।

कन्डमले अनिच्छुक गर्भलाई त रोकिदिन्छ तर यदि तपाई धेरै प्रयोग गरेमा यसले तपाईँलाई   खतरा पनि निम्त्याउन सक्छ। यसको धेरै प्रयोग गर्नु स्वाथ्यको लागि हानिहारक मानिएको एक अध्ययनले देखाएको छ।

अध्ययन अनुसार यसको धेरै प्रयोग गर्नाले असर गर्न सक्छ। किनकी अधिकांश कन्डम लेटेक्सबाट बनेको हुन्छ। यो लेटेक्स एक प्रकारको तरल पदार्थ हो, जुन रबरको रुखबाट बनेको हुन्छ। द अमेरिकन एकाडेमी अफ एल्जी अस्थमा एण्ड म्‍युनोलोजीका अनुसार केही मानिस रबरमा प्रोटिन भएका कारण एलर्जीको लक्षण देखा पर्दछ। यसमा सिन्थेटिक कण्डम प्रयोग गर्नु नै जरुरी हुन्छ।

कण्डमबाट एचआईभी एड्स तथा संक्रामक यौनरोगको जोखिमबाट बचाउछ तर यसबाट यौन प्रसारित रोगको भने बढावा दिने गर्दछ। किनकी यो बाहिरको छालालाई सुरक्षित राख्दैन। जसले संक्रमणको सम्भावना धेरै हुन्छ।

कन्डमको प्रयोगबाट ९८ प्रतिशत सुरक्षित मिल्छ तर यसको अनुचित  प्रयोगबाट सयमा १५ महिलाको गर्भावस्थालाई खतरा पुर्याउने गरेको अध्ययनले देखाएको छ। त्यसकारण यसको प्रयोग सही तरिकाले गर्नु अति नै जरुरी भइसकेको छ।

अमेकरिकाका केही डाक्टहरुको सुझाव छ, पुरुषले प्रयोग गर्ने कन्डमले महिलालाई गम्भीर बिरामी हुने खतरा हुन्छ। उनीहरुका अनुसार  कन्डम बनाउने बेलामा पाउडर तथा लुब्रिकेन्ट्स समेत मिसाइएको हुन्छ। अध्ययन अनुसार उक्त पाउडरले पाठेघरको मुखको क्यान्सर हुनुका साथै बाझोपनको समस्या समेत देखा पर्ने सम्भावना रहन्छ।