बौनिया जेसीजको वक्तित्वकला प्रतीयोगीता सम्पन्न  - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बौनिया जेसीजको वक्तित्वकला प्रतीयोगीता सम्पन्न 



राजेन्द्र रावल / बौनिया ।
कैलालीको बौनियामा रहेको बौनिया जेसीजले वक्तित्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।
बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत शनिबार पाचौं दिन बौनिया जेसीजको हलमा बर्दगोरिया गाउपालिका भित्र रहेका माध्यमीक बिद्यालयहरुका बिचमा सो प्रतियोगीता आयोजना गरीएको हो ।

वक्तिवकला प्रतियोगीता कार्यक्रमका संयोजक बौनिया जेसीज बर्ष २०१८ का कानुनी सल्लाहाकार गणेश जोसीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं. २ का अध्यक्ष भेखुराम चौधरी प्रमुख अतिथि रहनु भएको थियो । महेश्वर विनाडी निर्णायक संयोजक रहनु भएको कार्यक्रममको अन्य निर्णायकहरुमा रमेश जोसी र सि.पि पाण्डे रहनु भएको थियो ।

गाउपालिका भीत्रका चार वटा माध्यमीक बिद्यालयको सहभागीता रहेको प्रतियोगीतामा आर्दस सामुदायीक बिद्या मन्दीर बौनियाका मदन बिष्ट प्रथम,महुन्याल माध्यमीक बिद्यालय बास्कोटीका पारस सञ्ज्याल दोश्रो र बसन्त मुरारी माध्यमिक बिद्यालयका विष्णा खतीवडाले तेश्रो स्थान हासील गर्न सफल भएका थीए । प्रतियोगीतामा नोवेल एकेडेमी नेपालको समेत सहभागीता रहेको थीयो ।

विजेता हरुलाई बौनिया जेसीज बर्ष २०१८ को सप्ताह समापन कार्यक्रममा पुरस्कार प्रदान गरीने कार्यक्रम संयोजक गणेश जोशीले जानकारी दिनु भएको छ ।
कार्यकारी उपाध्यक्ष धिरज शाहीले संचालन  गर्नुभएको कार्यक्रमको स्वागत मन्ततव्य उपाध्यक्ष लाल बहादुर चौधरीले गर्नुुुुभएको थियो ।

कार्यक्रममा बौनिया जेसीज बर्ष २०१८ का अध्यक्ष जनक बिष्ट,कोषाध्यक्ष राजेन्द्र रावल ,सहभागी बिद्यालयका शिक्षक,बिद्यार्थी र पत्रकारहरुको सहभागीता रहेको थीयो ।

जेसीज सप्ताह अन्तरगत छैटो दिन आइतबार बर्दगोरिया गाउपालिकाको कोटातुल्सीपुर स्वास्थ्य चौकीमा फलफुल वितरण र शाखा भ्रमण अन्तर्गत जोशिपुर जेसीजको भ्रमण सहित २ वटा कार्यक्रम रहेको बौनिया जेसीज बर्ष २०१८ का अध्यक्ष एवम जेसीज सप्ताह संयोजक जनक बिष्टले जानकारी दीनु भएको छ ।