बाैनिया जेसीजकाे सप्ताहव्यापी कार्यक्रम सुरु - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

बाैनिया जेसीजकाे सप्ताहव्यापी कार्यक्रम सुरु



कैलाली । बाैनिया जेसीज बर्ष २०१९ ले सप्ताहव्यापि कार्यक्रम मंगलबारबाट सुरु भएको छ । बाैनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाहीकाे अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका अध्यक्ष बलिराम डगाैरा थारु रहेका थिए । उक्त अवसरमा बाेल्दै थारूले बाैनिया जेसीजकाे बर्दगाेरिया गाउपालिका भित्र रहेका विभिन्न सामाजिक संस्था मध्य फरक परिचय रहेको कुरामा जाेड दिदै अागामि दिनमा समेत त्यसलाई निरन्तरता दिन अाग्रह गरे ।

थारुले जेसीजकाे मुल मन्त्र काे रुपमा रहेको शासन व्यत्तिकाे हाेईन बिधिकाे हुनुपर्छ भन्ने सिद्धान्त लाई सबै संघ संस्था र राजनीति दलहरूले अंगिकार गरे देस परिवर्तन हुन समय नलाग्ने कुरा समेत बताए । कार्यक्रममा बाैनिया जेसीजकाे मातृ शाखा टिकापुर जेसीजका अध्यक्ष गणेश साउद विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा लम्कि लेडि जेसीजका अध्यक्ष ईसरा थापा,जाेशिपुर जेसीजका अध्यक्ष हरि गाैतम वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा , वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार र रेडक्रस उपसाखा दाेधराका सभापति लक्ष्मी जैशि लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

कार्यक्रमको उद्धाटन संगै मंगलबार नै युवा दिवसकाे अवसर पारेर जेसीज सप्ताह अन्तरगतकाे पहिलो कार्यक्रमका रुपमा माध्यमिक बिधालय स्तरिय “राष्ट्र निर्माणमा युवाहरुकाे भुमका” बिषयक बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । कार्यक्रमका संयाेजक चक्र शाहीकाे अध्यक्षता भएको प्रतियोगितामा नृणायकका रुपमा महेश्वर विनाडि,सुरत बहादुर बिष्ट र दुर्गा दत्त विनाडि रहेका थिए ।बर्दगाेरिया गाउपालिका भित्रका अाठ वटा माध्यमिक बिधालयहरुकाे सहभागितामा भएको प्रतियोगितामा अादर्श सामुदायिक बिधा मन्दिर कि तुल्छा बम प्रथम हुदा महुन्याल माध्यमिक बिधालय बास्काेटिका बसन्त राज जैशिले द्धितिय स्थान हासिल गर्दा जगत तारा ईङ्गलिस बाेर्डिङ्ग स्कुल कि सुमन भट्ट तृतीय र बसन्त मुरारी माध्यमिक बिधालय बाैनिया कि बिस्ना खतिवडा सान्त्वना स्थान हात पार्न सफल भएका छन ।

यस्तै साउन २८ गते दाेस्राे दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमकाे अायाेजना गरिने र साे कार्यक्रम काे संयाेजकमा उपाध्यक्ष कृष्ण प्रसाद अाेझा(पदम) रहेकाे जानकारी साखा अध्यक्ष धिरज शाहीले बताए । शाखाका कार्यकारिणी उपाध्यक्ष केशव शाही काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन महासचिव मिलन अाेलिले गरेका थिए । समापन कार्यक्रम भदौ ४ गते हुने छ ।