बैनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा शाही निर्वाचित - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

बैनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा शाही निर्वाचित



बौनिया ,कैलाली । बौनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा धिरज शाही निर्वाचित भएका छन् । बुधबार कैलालीको बौनियामा सम्पन्न आठौं शाखा अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा केशव शाही र इन्द्रराज खतिवडा सर्वसम्मत चयन भएका छन् ।

यस्तै, ४ जना उपाध्यक्षमा कृष्णप्रसाद ओझा, चक्र शाही, गोबिन्द बीसी र सुनिल भण्डारीलाई चयन गरिएको छ ।
वर्ष २०१८ का अध्यक्ष जनक बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष लीलाजंग शाही, वर्ष २०१६ का अध्यक्ष शिबराज कुवर लगायतको उपस्थिति रहेको थियो ।

निर्वाचित भएपछि अध्यक्ष शाहीले बौनिया जेसीजलाई वर्ष २०१९ मा थप गति दिने बताए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै नेतृत्वले पूरा गर्न नसकेको बिकासका कामलाई पूर्णता दिने बताए । आफ्नो कार्यकालमा सक्षम नेतृत्व र ब्यक्तित्व बिकास भएको महसुस हुने गरि उपलब्धिमूलक र क्षमता बिकासका कार्यलाई प्राथमिकता दिने शाहीले बताए ।

यसअघि बौनिया जेसीजमा जोडिएर लामो समय योगदान दिएर काम गरेका सदस्य र आवद्ध हुन चाहने नया सदस्य सबैको मनोभावना बुझेर सबैलाई मिलाएर लैजाने शाहीले प्रतिबद्धता व्यक्त गरे । “गर्नुपर्ने धेरै काम र योजनाहरु छन् ति सबैकाम लेखेर सुनाएर साध्य छैन उनले भने”-सबै काम योजनाबद्ध रूपले गर्छौं । दुईचार वटा उपलब्धिमूलक काम हुन्छन् ।

यस्तै पूर्वअध्यक्ष जनक बिष्टले आफ्नो कार्यकालमा थुप्रै उपलब्धिमूलक काम भएको बताए । उनले बौनिया शाखा अन्तर्गत ब्यक्तित्व र नेतृत्व बिकास संगै थुप्रै सामाजिक र मानवीय काम गरेको उल्लेख गरे ।

नयाँ निर्वाचित पदाधिकारीको पदस्थापना माघ १२ गते गर्नेहुने निवर्तमान अध्यक्ष कृष्ण बिष्टले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश भण्डारीले गरेका थिए ।