धुलोको विरोधमा बौद्ध-जोरपाटी बन्द - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

धुलोको विरोधमा बौद्ध-जोरपाटी बन्द



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा मास्क लगाउने अवस्था अन्त्य भएको घोषणा गरेको तेश्रो दिनमै विगत ४ वर्षदेखि धुलो, धुवाँ र खाल्डो बएका बाटाले पीडित बौद्ध तथा जोरपाटीका स्थानीयले आज बुधबार होटल हायातदेखि साँखुसम्मको बाटो पूर्णतया बन्द गरेका छन् ।

कुनै पनि यातायातका साधन चल्न नदिएकोले हजारौँ स्थानीयवासीहरू पैदल हिड्न बाध्य भएका छन् । स्थानीय जनताहरू सम्पूर्ण पसल बन्द गरेर बन्दमा उत्रेका छन् ।

बन्दकर्ताहरूले केही सवारीसाधानको हावा खुस्काइदिने तथा तोडफोड पनि गरेका छन् । बौद्ध तथा जोरपाटी छेत्रमा कुहिरो जस्तो व्यापक धुलोको कारण स्थानीय तथा यात्रुहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्दा पनि सरकार, महानगर तथा गोकर्णेश्वर नगरपालिका चिरनिद्रामा सुतिरहेका छन् ।

तत्काल बाटो पिच नगरेमा बन्द तथा अन्य प्रतिरोधी कार्यक्रमहरू जारी रहने बन्दकर्ताले बताएका छन् ।