सिंहदरबारको भ्रष्टाचार रुपी रोग गाउँमा नल्याउन भट्टराईको आग्रह
काठमाडौं । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचाररुपी रोग गाउँमा नल्याउन स्थानीयतहका जनप्रतिनिधिलाई सचेत गराउनुभएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विषेश नगरशभामा बोल्दै डा. भट्टराईले सिंहदरबारको अधिकार गाउँमा पुर्याउनुपर्ने भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आइरहेको उल्लेख गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
नागरिक दैनिकका अनुसार, ठेक्का लिएका अधिकांश आयोजना समयमा नसक्ने र निर्माण पनि गुणस्तरहीन गर्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न भूमिका खेलेका सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापालाई सरुवा गरिएको छ।