संवैधानिक बाटो देखाउन सांसद त्रिपाठीको वर्तमान सरकारलाई चुनौति
काठमाडौं । विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले वर्तमान सरकारलाई चुनौति दिएका छन् । त्रपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरेपनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण नगरेका कारण मुलुकमा संवैधानिक संकट आउँन सक्ने पनि बताएका छन् ।
आईतबारको प्रतिनिधिसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको गम्भिर ध्यानाकर्षण गराएका छन् ।