केही बेरमै छुटे धर्मेन्द्र बास्तोला - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

केही बेरमै छुटे धर्मेन्द्र बास्तोला



काठमाडौं – विप्लव नेकपा छोडेर नेकपा (बहुमत) का संयोजक बनेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

बिहिरा बिहानै बास्तोलालाई प्रहरीले सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनलाई सोधपुछ गरेर छाडिएको बताए। निर्वाचनविरोधी गतिविधिबारे उनलाई सोधपुछ गरिएको काफ्लेले बताए।

बास्तोलाको निर्वाचन बहिष्कार अभियान र बुटवलमा बुधबार साँझ भएको बम बिस्फोटबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। काफ्लेले बास्तोलालाई छोडिए पनि निरन्तर निगरानीमा राखिने बताए।