बादलका छोरा निर्मलाको हत्यारा भएको शंका छ: बस्नेत - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

बादलका छोरा निर्मलाको हत्यारा भएको शंका छ: बस्नेत



ललितपुर – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापाका छोरा पनि हुनसक्ने बताएका छन्। कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला तरुणदलका अध्यक्षले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्री रामबहादुर थापाका छोराको तत्काल डीएनए परीक्षण गर्नुपर्ने माग पनि गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले त्यस हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृह मन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग हरेक हुन् ।

तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृह मन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौँ भन्ने आफूले आग्रह गरेको पनि बताए ।

‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस्, तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौँ भन्ने मेरो कुरा हो ।’

२०७५ साल साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।