प्रचण्ड एन्ड कम्पनीलाई वनमान्छेबाट मान्छे बनाउन सकिएन: बस्नेत
काठमाडौं- नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड एन्ड कम्पनीलाई बनमान्छेबाट मान्छे बानाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको बताएका छन् ।
उनले आज फेसबुकमा नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका केही तस्बिर सार्वजनिक गर्दै मान्छे बनाउने ओलीको प्रयास असफल भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रचण्ड एन्ड कम्पनीलाई वनमान्छेबाट मान्छे बनाउने केपी ओलीको प्रयास असफल भएको छ।’
त्यस्तै, बस्नेतले आफ्ना सहयोद्धालाई प्रचण्डले वनमान्छे र वनझाँक्री बनाएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘बरु प्रचण्डले मेरा सहयोद्धा घनश्याम, योगेश र रामकुमारीहरुलाई मान्छेबाट वनमान्छे र झाँक्रीबाट वनझाँक्री पो बनाउन सफल भए ।’
बस्नेतले आमहडतालका कारण ट्याक्सी झलेको र बिरामीलाई पिठ्युँमा बोकेर अस्पताल लानुपरेकाे संकेत गर्दै दाहाल–नेपाल पक्षलाई वनमान्छेको संज्ञा दिएका हुन् ।