मध्यरातमा बुटवलमा ३ वटा बसमा आगजनी
बुटवल ।। बुटवल ५ नेपालगञ्ज रोडमा पार्किङ गरिराखेको ३ वटा बसमा गएराति १२ बजे अज्ञात समुहले आगजनी गरेका छन् ।
लु १ ख ४८८४ ,लु १ ख ४८९४, र लु १ ख ६३०४ नम्बरको रोकी राखेको खालि बसमा आगजनी भएको हो । लु १ ख ४८८४ नम्बरको बस र लु १ ख ६३०४ नम्बरको बसमा आम्सिक क्षेति पुगेको छ भने लु १ ख ४८९४ नम्बरको बसमा सामान्य क्षेति भएको छ । बसमा आगजनी कसले के कति कारणले गर्यो आझै नखुलेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।