बादलले चुनाव हारेपछि गोकुल बास्कोटालाई तनाव - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

बादलले चुनाव हारेपछि गोकुल बास्कोटालाई तनाव



काठमाडौँ– निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले चुनाव हार्दा नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा तनावमा परेका छन् ।

बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल पराजित भएपछि कडा प्रतिक्रिया जनाएका छन् । उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँगै कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’

आज भएको बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।