पूर्वप्रधानन्यायाधीशहरू प्रचण्ड–नेपाल समुहबाट चुनाव लड़नुस: बास्कोटा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

पूर्वप्रधानन्यायाधीशहरू प्रचण्ड–नेपाल समुहबाट चुनाव लड़नुस: बास्कोटा



काभ्रे – नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्व प्रधानन्यायाधीशलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिएका छन् ।

शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले प्रचण्ड–नेपालले गठन गरेको पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चुनौती दिएका हुन् । ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए प्रचण्ड–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ’, बाँस्कोटाले भने ।

सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उनले चेतानवी दिए । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उनले भने, ‘अहिलेसम्मको विधि त त्यहि होला नी श्रीमानहरु ?’

शुक्रबार सर्वोच्चका चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।